काठमाडौं, पुस १४
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५९ हजार ५४८ जना पुगेको छ । गत २४ घण्टामा ७०८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा ४१ जना कोरोना संक्रमित थपिएका छन् । जसमा उदयपुरमा एक जना, झापाका ४, भोजपुरमा एक, मोरङमा २१ र सुनसरीमा १४ जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै प्रदेश २ मा ३ जनामा कोरोना देखिएको छ । जसमा धनुषाका २ जना र रौतहटका एकजनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बागमती प्रदेशमा ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागमती प्रदेशको काठमाडौंमा मात्र ३२४जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै काभ्रेमा ७, चितवनमा १४, धादिङमा ६, नुवाकोटमा ७, भक्तपुरमा २२, मकवानपुरमा ७, रामेछापमा एकजना, ललितपुरमा ५२ र सिन्धुपाल्चोकमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा २७ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा कास्कीमा १९, गोरखामा एकजना, तनहुँमा एकजना, नवलपरासी पूर्वमा ५ र लमजुङमा एकजनामा कोरोना पुष्टि भएको छ । लुम्बिनी प्रदेशमा १३२ जनामा कोरोना संक्रमण देखिएको छ ।
जसमध्ये अर्घाखाँचीमा ३, कपिलवस्तुमा ६, गुल्मीमा ४, दाङमा १६, नवलपरासीमा ५, पाल्पामा १०, बर्दियामा ११, बाँकेमा ३८, रुकुम पूर्वमा एकजना, रुपन्देहीमा ३७ र रोल्पामा एकजनामा कोरोना पाइएको छ । कर्णाली प्रदेशमा ८ जनामा कोरोना संक्रमण देखिएकोमा जाजरकोटका एकजना र सुर्खेतका ७ जना रहेका छन् ।
यस्तै, सुदूरपश्चिम प्रदेशमा ५५ जनामा कोरोना संक्रमण देखिएको छ । यो प्रदेशमा अछाममा एकजना, कंचनपुरमा १६, कैलालीमा २६, डडेल्धुरामा ३, बझाङमा ५ र बैतडीमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ६१३५ जनाको पिसिआर परीक्षण गरिएको थियो । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख २१ हजार ३६७ पुगेको छ। आज थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८४० पुगेको मन्त्रालयले जनाएको छ। हाल ३ सय ६५ जना क्वारेन्टाइनमा छन्।
मंगलबार मात्र ७३१ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५१ हजार ३१२ पुगेको मन्त्रालयले जनाएको छ।
२६८ आइसियु र भेन्टिलेटरमा, २ हजार ९५८ संक्रमित होम आइसोलेसनमा
देशभर हाल २ सय ८ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २ सय ५४ जना आइसियु र ४० जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा १० आइसियु र ३ भेन्टिलेटरमा, प्रदेश २ मा ४ आइसियु र ३ भेन्टिलेटरमा बागमती प्रदेशमा ८९ आइसियु र १८ भेन्टिलेटरमा, गण्डकीमा ५७ आइसियु र ४ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ५६ आइसियु र ८ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
कर्णाली प्रदेशमा ११ जना आइसियु र २ जना भेन्टिलेटरमा, सूदुरपश्चिम प्रदेशमा २ आइसियु र २ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। यस्तै, देशभर हाल २ हजार ९५८ कोरोना संक्रमित होम आइसोलेसनमा छन्। ६ हजार ३ सय ९६ कुल सक्रिय संक्रमितमध्ये २ हजार ९५८ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा ११५ , प्रदेश २ मा २१, गण्डकी प्रदेशमा १ हजार ३ सय २५, गण्डकी प्रदेशमा ४ सय २७, लुम्बिनी प्रदेशमा ६ सय २७ कर्णालीमा ९३ र सुदूरपश्चिममा ३ सय ५० जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्