जनता टाइम्स

२० जेष्ठ २०७६, सोमबार १७:४१

पदक बहिस्कार अभियानमा रामकुमारी झाँक्री, गरिन राजनीतिकर्मीलाई यस्तो मार्मिक अपिल


काठमाडौं, जेठ २०

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ रामकुमारी झाँक्रीले राजनीतिकर्मीले पदक बहिस्कार गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ । राजनीतिमा पदकको कुनै साइनो सम्बन्ध र मुल्य नरहेको भन्दै झाँक्रीले बहिस्कारको प्रस्ताव गर्नुभएको हो ।

सरकारले केही दिनअघि संबिधानसभाका सदस्यहरुलाई संबिधानसभा पदक दिएको थियो । संबिधान बनाउन असफल भएको सभासदले समेत पदक बुझेपछि चर्काे आलोचना भइरहेको बेला नेतृ झाँक्रीले राजनीतिकर्मीले पदक लिन नहुने बताउनु भएको हो ।

‘तपाईले पदक पाउनु भयो, ब्यक्तिगत हिसावले ठिकै हो भनिदिन्छु तपाईलाई । तर यो पदकको राजनितीमा कुनै मूल्य र साईनो छैन । कौडीको भाउ पनि छैन । यस्ता पदक राजनितीकर्मीले बहिष्कार गरेको राम्रो,’ झाँक्रीले सामाजिक सञ्जालमा बहिस्कारको अपिल गर्दै भन्नुभएको छ ।

उहाँले राजनीतिकर्मीलाई पदक दिने सरकारको निर्णय नै गलत र पुरानो राजतन्त्रको परम्परा भएको बताउनु भएको छ । ‘सरकारको पदक दिने निर्णय नै गलत हो । फजुल खर्च र राजतन्त्र कालिनशैली र भद्धा नक्कल मात्र हो,’ झाँक्रीले भन्नुभएको छ ।

यस्तो छ झाँक्रीको बिचार

तपाईले पदक पाउनु भयो, ब्यक्तिगत हिसावले ठिकै हो भनिदिन्छु तपाईलाई । तर यो पदकको राजनितीमा कुनै मूल्य र साईनो छैन । कौडीको भाउ पनि छैन । यस्ता पदक राजनितीकर्मीले बहिष्कार गरेको राम्रो । सरकारको पदक दिने निर्णय नै गलत हो । फजुल खर्च र राजतन्त्र कालिन शैली र भद्धा नक्कल मात्र हो ।