जनता टाइम्स

१४ पुष २०७७, मंगलवार १९:३४

अनुशासनहिन काम गरेपछि नेकपाका उपनेता र सचेतक पदमुक्त


काठमाडौं, पुष १४

नेकपा बागमती प्रदेशका दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले उपनेता र सचेतकलाई जिम्मेवारीमुक्त गर्नुभएको छ । पौडेलले उपनेता शालिकराम जमरकट्टेल र सचेतक बुद्धिमान माझीलाई आज पदमुक्त गर्नुभएको भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले जानकारी दिनुभयो ।

पार्टी हित विपरित अनुाशसनहिन काम गरेपछि संसदीय दलको विधान अनुसार नै पदमुक्त भएको उहाले बताउनु भयो । यसअघि मुख्यमन्त्री पौडेलविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।

अविश्वास प्रस्ताव दर्ता भएसँगै आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरूणप्रसाद नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले राजीनामा दिएका थिए ।