जनता टाइम्स

१५ पुष २०७७, बुधबार १३:१८

उपराष्ट्रपतिकोमा प्रचण्ड र बाबुरामको वार्ता : प्रचण्ड भारतिय इशरामा चलेको खुल्यो पोल


काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराईले मंगलबार राति बँदेलको मासु सहित संयुक्त भोजन गर्नुभएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा उहाँहरु बीच भोजन सहितको वार्ता भएको हो । स्रोत अनुसार हिजो र आज उहाँले ल्होछारको अवसरमा आफन्त इष्टमित्रलाई खानाका लागि बोलाउनुभएको छ ।

यही बहानामा उपराष्ट्रपति पुनले प्रचण्ड र बाबुरामको विशेष वार्ताको व्यवस्था गरिदिनुभएको हो । पाँच वर्ष अगाडि प्रचण्ड र बाबुराम छुट्टिनुभए पनि केपी शर्मा ओली नेतृत्वमा सरकार बनेपछि नजिकिन थाल्नुभएको हो । ओली सरकार ढाल्ने महिनौं लामो असफल प्रयासमा उहाँहरु एकसाथ देखिनुभएको थियो । केपी ओली र सरकारलाई ताछ्ने खुइल्याउने अभियानको सार्वज्निक रुपमा प्रचण्डको तर्फबाट बाबुरामले नै नेतृत्व गर्दै आउनुभएको छ ।

भृकुटीमण्डपमा आमसभामा भाषण गरे लगत्तै प्रचण्ड जानुभएको थियो उपराष्ट्रपति निवास । बाबुरामसँग प्रचण्डले राति अबेरसम्म कुराकानी गर्नुभएको थियो ।

यसैवीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवादका बीच चिनियाँ उच्चस्तरीय टोली काठमाडौं आउनुलाई भारतीय मिडियाले विशेष स्थानका साथ प्रकाशन गरे । का उनीहरूले नेपालको राजनीतिमा चीनले सुक्ष्म हस्तक्षेप थालेको आरोप पनि लगाए । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको शक्ति संघर्षको यो अवस्थामा भारतले यति धेरै चासो दिनुका पछाडि अनेक कारण रहेका छन्। उनीहरू प्रचण्डमार्फत ओलीलाई अपदस्त गराउने खेलमा रहेका पोल खुलेको छ । भारतिय मिडियामा नेकपाका अध्यक्ष प्रचण्डले भारत संग सहयोग मागेको कुरालाई प्राथमिकता दिएको छ ।

यसरी एउटा सार्वैभौसत्ता सम्पन्न मुलुकको नेताले आन्तरीक पार्टीको विवादमा भारत संग सहयोग माग्नु त्यो पनि आफ्नो राजनैतिकलाईन नमिल्नेसंग कतिको जायज हुन्छ । विगतको ‘१२ बुँदे सम्झौता देखि नै भारतले प्रचण्ड र माधव नेपालहरूलाई प्रयोग गरेको थियो। यो कसैबाट लुकेको कुरा होइन। तर राजनीतिक रुपमा आफूलाई बलियो देखाउनका निम्ति प्रचण्ड नक्कली राष्ट्रवादको नारामा सडकमा आउने गरेका छन्’, एक स्रोतले भन्यो।

पहिलो प्रधानमन्त्रीत्व कालमा नक्कली नागरिक सर्वोच्चताको कुरा गरेका प्रचण्डले दोस्रो पटक प्रधानमन्त्री बन्न भारतकै पाउ मोलेको बताइन्छ। प्रायः घटनाक्रमले त्यसलाई पुष्टि गर्न खोज्छ। आज प्रकाशित यो समाचारले पनि पुष्टि गरेको छ स्रोतले बतायो । प्रधानमन्त्री ओलीले गत वैशाखमा भारतले सरकार ढाल्न खोजेको भनेपछि त्यसको प्रतिरोधमा प्रचण्ड उभिए। एउटा एजेन्डाका लागि बसेको स्थायी समितिको बैठकमा उनले प्वाक्क भनिदिए– भारतले होइन, मैले राजीनामा मागेको हुँ। प्रचण्ड जसरी पनि ओली सरकारको लोकप्रियतालाई गिराउन, खस्काउन चहान्थे। ‘उनका गतिविधिका विषयमा सबैले देखेका छन्।

अघिल्लो नौ महिने कार्यकालमा पनि भारतीय पक्षको उपयोगका आधारमा नै अविश्वासको प्रस्ताव आएको थियो, कांग्रेससँग मिलेर सरकार बनाए’, समाचार शुत्रहरू भन्छन्,‘अहिले पनि राष्ट्रिय स्वाधिनताका सवालमा ओली सक्रिय हुन थालेपछि प्रचण्ड स्वार्थका लागि नै उपयोग भएका छन्।’ उनि विभिन्न काल खण्डमा भारतको गोटी बनि रहेनेछन् स्रोतले भन्यो ।

यसरी भारतिय पक्षसंग सहयोग माग्नु पुष्पकमल दाहाल, बरिष्ठ नेताहरू माधव कुमार नेपाल र झलनाथ खनाल, पुष्पकमल दाहाल, बरिष्ठ नेताहरू माधव कुमार नेपाल र झलनाथ खनालको गुटलाई पछिल्लो केही दिन कार्यकर्ताले भारतिय दलाल भएको टिप्पणी गरिरहेका छन् ।

भारतीय ग्राण्ड डिजाईनमा स्वार्थगत गुटले पार्टी भित्र आन्तरिक विवाद सिर्जना गरी पार्टीलाई फुटको बाटोमा लगिरहेको समयमा उत्त गुटलाई कार्यकर्ताले सामाजिक सञ्जालमा इतिहास, हैसियत र कार्यकर्ता कति भनि व्यापक मात्रामा प्रश्नको ओइरो खन्याएका छन् ।

कार्यकर्ताहरुले भनेका छन्, ‘नेता खनाल भनेको छेपारो जस्तै हुन् । जहाँ गयो त्यही रंग बदलेर हिड्छन् । उनी माथि न त क्षमता नै छ, न त देशलाई समृद्धिको बाटोमा अघि बढाउने योजना नै छ । केवल छ त राम्रो मान्छेलाई काम गर्न नदिने, पदको लिप्त र भारतीय दलालीको एजेण्ट । यस्ताको कुरा के सुन्ने रु ‘गर्नेलाई भन्दा देख्नेलाई लाज भने जस्तो ।’

कार्यकर्ताले आक्रोस व्यक्त गर्दै भनेका छन्, ‘तिमीहरु भारतीय दलाल हौ कमरेडहरु, यदि तिमीहरुको दिमागमा गोबर नभरीएको भए ईतिहामा त्यत्रो शक्तिशाली भारतलाई सिधै च्यालेन्ज गर्ने ओलीलाई साथ दिएर भारतले कब्जा गरेर खाएका नेपाली भुमि कालापानी, लिम्पियाधुरा, लिपुलेक, सुस्ता लगाएका हजारौं बिगाहा जमिन फिर्ताको लागि खोई ? प्रचण्डले दूईपटक प्रधानमन्त्रीको कुर्सीमा गए खोइ जनताले के पाए ? के नै उपति लायौ प्रचण्ड तिमीले ? अनि माधव, झलनाथले पनि प्रधानमन्त्रीको कुर्सी समालि सकेको भन्दै कार्यकताहरुले सामाजिक संजालमा समेत आक्रोश पोखेका छन् ।