काठमाडौं, पुष १५
नेपालमा राजनीतिक संकट उच्च भईरहेका बेला भारतीय नेता र प्रचण्ड–नेपाल समुहका नेताहरुको कुरा मिलेको छ । नेपालका लागि पूर्वराजदूत एवं भारतका पूर्वविदेश सचिव श्याम शरणले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गर्न मनाएर विवादास्पद छवि नभएका कुनै राजनीतिज्ञलाई प्रधानमन्त्री बनाउन पहल भइरहेको दावी गरेका छन् ।
उनकै भनाईलाई बल पुग्ने गरी पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समुहका नेता वर्षमान पुन (अनन्त)ले वैशाखपछि ओली प्रधानमन्त्री पनि नरहने दाबी गरेका छन् । श्यामशरणको योजना अनुसार नै सो समुह चलेको उहाकै भनाईले समेत पुष्टि गरेको छ ।
गृहजिल्ला रोल्पाको लिवाङमा बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अनन्तले प्रधानमन्त्री ओलीको नियत नै चुनाव गराउने नभएको पनि दाबी गर्नुभयो । नेता पुनले भन्नुभयो, ‘अब न वैशाखमा चुनाव हुन्छ, न त उहाँ प्रधानमन्त्री रहिरहनुहुन्छ ।’













प्रतिक्रिया दिनुहोस्