जनता टाइम्स

१५ पुष २०७७, बुधबार २०:३१

प्रचण्डलाई प्रधानमन्त्री ओलीको फोन


काठमाडौं, पुस १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीबाट बिभाजित अलग हुनुभएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरी पत्न सीता दाहालको स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

अस्वस्थ भएपछि प्रचण्डपत्नी सीताको ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । आज साँझ प्रधानमन्त्री ओलीले प्रचण्डलाई फोन गरेर सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको र उहाँको ख्याल गर्न आग्रह गर्नुभएको नेकपाका नेता सुभासचन्द्र नेम्वाङले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले सीताको स्वास्थ्यलाभको कामना गर्नुभएको छ । यसैबीच प्रधानमन्त्री ओलीको सन्देशसहित महासचिव विष्णु पौडेल र नेता नेम्वाङले अस्तापल पुगेर प्रचण्डपत्नी सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

‘हामी प्रधानमन्त्रीको तर्फबाट र व्यक्तिगत तर्फबाट अस्पताल पुगेर सीता जीको स्वास्थ्य अवस्थाबारे जानकारी लियौँ, प्रचण्डजी भर्खरै निस्कनुभएको रहेछ, छोरी गंगालाई भेटेर स्वास्थ्यबारे जानकारी लियौँ’, नेम्वाङले भन्नुभयो ।