जनता टाइम्स

१६ पुष २०७७, बिहीबार १४:०९

अबैध भएपनि दलको नेता घोषणा गर्दै प्रचण्ड-माधव समुह : प्रदेश १ का नेता आचार्य चोर बाटोबाट हाजिर गरेर लिन्थे भत्ता


चुनाबको बेला आफ्नै कार्यकर्तासँग टिकट दिदाँ पैसा लिने अनि प्रदेशको विकासमा तीन वर्षसम्म सुतेर बस्ने आफूलाई नेता भन्ने तर संसदमा नुनखाएको कुखुरा जस्तो भएर बस्ने अहिले मुख्यमन्त्रीको दाबी गर्ने ?’

विराटनगर, पुस १६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट अलत भएको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समुहले प्रदेश १ को संसदीय दलका नेता भीम आचार्यलाई तोकेको छ । मुख्यमन्त्री शेरधन राईसँगको प्रतिस्पर्धामा पराजीत हुनुभएका आचार्यलाई नै प्रचण्ड–माधव समुहले आफू पक्षधर सांसदको भेला गरी दलको नेता तोकेको हो ।

प्रतिनिधिसभा बिघटन भएपछि प्रचण्डलाई संघीय संसदको प्रतिनिधिसभामा दलको नेता तोकेलगत्तै प्रचण्ड माधव समुहले यसैगरी बागमति र प्रदेश १ मा पनि दलको नेता तोकेको हो । नेकपामा दलको बैठक संसदीय दलका नेताले बोलाउने बैधानिक ब्यवस्था छ । प्रतिनिधिसभा नै बिघटन भएपछि संघीय संसदमा दलको नेता पनि संभव छैन । प्रदेशमा पनि दलको नेताले बैठक बोलाउने भएपछि प्रचण्ड–माधव समुहले अबैधानिक बाटो रोजेको हो ।

कानून ब्यवसायीहरु संसदीय दलका नेतालाई हटाएर अर्काे नेता बन्नको लागि अवैधानिक ढंगले गरिएको बैठकको औचित्य नहुने बताउँछन । संविधानसभा सदस्य रेवतीरमण भण्डारी संसदीय दलको नेता शेरधन राई र प्रमुख सचेतक बुद्धि राजभण्डारीलाई थाहै नदिई गरिएको बैठकले चयन गरेको नेताको कानूनी हैसियत नहुने बताउनु हुन्छ ।

‘प्रदेशसभा बनेको तीन वर्ष भयो, एक दिन बैठकमा बोल्नु छैन, नआएको दिन चोर बाटोबाट हाजिर गरेर भत्ता पड्काउने आचार्य नेता हुने कुरा हास्यास्पद छ, यस्ले बैधानिकता पाउँदैन,’ भण्डारीले जनताटाइम्ससँग भन्नुभयो, ‘चुनाबको बेला आफ्नै कार्यकर्तासँग टिकट दिदाँ पैसा लिने अनि प्रदेशको विकासमा तीन वर्षसम्म सुतेर बस्ने आफूलाई नेता भन्ने तर संसदमा नुनखाएको कुखुरा जस्तो भएर बस्ने अहिले मुख्यमन्त्रीको दाबी गर्ने ?’

भण्डारीले अबैधानिक ढंगले गरिएको बैठकबाट नेता बन्ने कुरा नै हाँस्यास्पद रहेको बताउनु भयो । ‘अहिले काहाँ को–को कसरी मिटिङ सार्वजनिक नगरिकन एकपटक दलको नेता हुन्छ ?’ उहाँको प्रश्न थियो । दलका उपनेता टंक आङ्बोहाङले भने बुधबार नै बैठक बसेर संसदीय दलको नेता चयन गरिएको बताए । यता दलको नेता चयन गरेपनि आचार्यलाई समर्थन गरेर अविश्वासको प्रस्तावमा सहिछाप गरेकाहरु पनि फर्किन थालेका छन् ।