काठमाडौं, पुष १६
माओवादी युद्धकालमा पुष्पकमल दाहाल, प्रचण्डको निक्कै नजिक रहेका बालकृष्ण ढुंगेलले पनि उनको साथ छाडेको घोषणा गरेका छन् । सर्वस्वसहित जन्मकैदको सजाय भोकेर सरकारको सिफारिसमा बाँकी कैद मिनाह पाएका उनि पहिलो संविधानसभाका सदस्य समेत बन्नु भएको थियो ।
ढुंगेल आफूमात्र होइन देशभरका पूर्व माओवादी लडाकुहरुको टिम बनाएर ओली पक्षमा खुलाउने दौडधूपमा खटिनु भएको छ । तत्काल माओवादीका लागि ढुंगेल असली योद्धा थिए । माओवादी युद्धका कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’का एक भरपर्दा सहयोगी पनि रहनु भएको थियो । नेपाल कम्युनिष्ट पार्टी विभाजन भएपश्चात आफूले वर्षौंसम्म साथ दिएको प्रचण्डको साथ उहाले छाड्नु भएको छ ।
प्रचण्डको साथ किन छाड्नु भयो भन्ने प्रश्नमा ढुंगेलले भन्नुभयो, ‘उहाँले लिएको पछिल्लो जति पनि घटनाक्रम छन्, ती बेठिक, अवैज्ञानिक र अराष्ट्रवादी छन् त्यसैले मैले उहाँको साथ छाडेँ ।’













प्रतिक्रिया दिनुहोस्