जनता टाइम्स

२० जेष्ठ २०७६, सोमबार ००:००

विदुर खानेपानीको चुनावमा कांग्रेस पत्तासाफ, नेकपाको सिंगो प्यानल बिजयी


नुवाकोट, जेठ २०

विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा कांग्रेस पत्तासाफ भएको छ । कांग्रेसका उम्मेदवारलाई नेकपा पक्षधर उम्मेदवारले पत्तासाफ गराउँदै बिजयी बनेका हुन । संस्थाको अध्यक्षमा नेकपाका उम्मेदवार नारायणबहादुर खनाल बिजयी भई ह्याट्रिक गर्नुभएको छ । सोमबार सम्पन्न मतगणनाको परिणामअनुसार खनालको प्यानल नै विजयी भएको हो ।

अध्यक्षमा खनालले ७६३ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार राजेन्द्र अर्यालले ६३७ मत प्राप्त गर्नुभयो । संस्थाको सातौँ अधिवेशनबाट खनाल लगातार तेस्रो पटक विजयी हुनुभएको हो । यस्तै उपाध्यक्षमा सञ्जीवबहादुर श्रेष्ठ, सचिवमा रघुनाथ रिमाल र कोषाध्यक्षमा बच्चुमाया सुनारीमगर विजयी हुनुभयो । सदस्यहरुमा क्रमशः जगतकुमारी गिरी, रविता भट्ट, राजेन्द्र पाण्डे, मुनिराज गजुरेल र लवप्रसाद न्यौपाने विजयी हुनुभयो । बिजयी सबै नेकपा निकट हुन ।

कांग्रेसलाई पक्तासाफ पारेसँगै विजयी उम्मेदवारहरूले अबिरजात्रा गर्नुभएको छ । पार्टी नेताहरूको सहभागितामै बिजयी नयाँ नेतृत्वले अबिरजात्रासहित सहर परिक्रममा गरेका हुन ।