रौतहट, पुष १६
नेकपाको अनौपचारिक विभाजनपछि दुई पक्षबीच शक्ति देखाउने होडबाजी चल्न थालेको छ । यसैक्रममा माधवकुमार नेपाललाई उहाकै गृहजिल्ला रौतहटमा ठुलो झट्का लागेको छ । प्रभु शाहले उहाकै गृह जिल्लामा ठुलो संख्यामा आमसभा गरेर नेकपा ओली पक्षको शक्ति देखाउनु भएको हो ।

जसका कारण रौतहटमा नेपालकै पक्षका कार्यकर्ता पनि ओलीतिर लागेको देखिएको छ । गरुडामा आयोजित कार्यक्रममा प्रभु साह, सत्यनारायण मण्डल र सुमन प्याकुरेल लगायतका नेकपाका नेताहरूले विशेष सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा पहिलो संविधान सभामा निर्वाचित हुनु भएका बबन शाह पनि नेकपा प्रवेश गर्नुभएको छ ।














प्रतिक्रिया दिनुहोस्