जनता टाइम्स

१७ पुष २०७७, शुक्रबार १८:३६

राष्ट्रपति र गणतन्त्रबिरुद्ध लाग्नेमाथि कठोर बन्ने सरकारको संकेत, प्रवक्ता गुरुङले दिए कडा चेतावनी


काठमाडौं, पुस १७ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले वर्तमान सरकारलाई संवैधानिक तथा कानुन मान्यता भएकोले कसैको भ्रममा नपर्न सवैलाई आग्रह गर्नुभएको छ । अहिलेको सरकार काम चलाउ हो कि भन्ने खालका प्रश्न उठेको भन्दै कोही पनि भ्रममा नपर्न अपील गर्नुभयो ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता गुरुङले नेपाल सरकारले गरेको निर्णयहरुमा कुनै पश्न उठ्न नसक्ने भन्दै कुनै भ्रममा नपर्न समेत आग्रह गर्नुभयो । सडकमा अभद्र नारा र अराजनीतिक गतिविधि भएको भन्दै नेपालको सर्वोच्च संस्था राष्ट्रपति र गणतन्त्रप्रति कतैबाट प्रश्न गरिएकोमा सरकारले खेद प्रकट गरेको समेत उहाँले बताउनुभयो । उहाँले राष्ट्रपति र गणतन्त्रबिरुद्ध भइरहेको गतिबिधिप्रति सरकार गम्भीर रहेको भन्दै नसचिचए कठोर कदम चाल्ने बताउनु भयो ।

संसद पूर्नस्थापना भन्दा अहिले ताजा जनादेशमा जानुपर्ने अहिलेको आवश्यकता भएकोले सडक विरोधमा भन्दा चुनावी तयारीमा जुट्न राजनीतिक दलहरुलाई प्रवक्ता गुरुङले आग्रह गर्नुभयो । सरकारले निर्वाचनको लागि सम्पूर्ण तयारी पूरा गरेको र यसैगरी निर्वाचन आयोगले पनि तयारी गरिरहेको मन्त्री गुरुङले जानकारी दिनुभयो ।

नेपाल सरकारले ल्याएको पछिल्लो कदम सहि भएको समेत उहाँले स्पष्ट पार्नु भयो । उहाँले पत्रकार सम्मेलनमा गोरखापत्र संस्थानमा पत्रकार गोपाल खनाललाई सल्लाहकार सम्पादकका रुपमा थप दुई वर्षका लागि निरन्तरता दिने निर्णय भएको समेत जानकारी गराउनुभयो ।