पोखरा, १८ पुस । उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री टोपबहादुर रायमाझीले राजनीतिमा कसैको गोठालो बन्न नसकिने बताउनुभयो। नेकपा कास्कीले शुक्रवार पोखरामा आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गदै रायमाझीले कम्युनिष्टहरु कसैको गोठालो बन्न नसक्ने बताउनुभयो ।
‘राम्रो कुरा भए मान्ने हो, नराम्रो कुराहरु किन मान्ने ?’ उहाले भन्नुभयो, ‘हामी कम्युनिष्ट भनेको कसैको गोठालो हुने हैन । स्वाभिमान हुन्छ नी । प्रचण्डसंग विधि र प्रकृया छैन, किन यिनले छाडे र धोका दिए भन्ने ?’
‘आफ्ना गुरु मोहन बैध किरणले त धोका दिइसके, डा. बाबुराम भट्टराई र विप्लवले त छोड्न पर्ने भयो, हामी केका लागि बस्ने ?, उहाले भन्नुभयो, ‘पार्टी फुटाउने, सरकार ढाल्ने, ९ वटा सरकार गिराएको मैले देखे, पार्टी त कति टुक्रा कति टुक्रा । प्रचण्ड जुन पार्टीको नेता ३३ वर्ष सम्म अध्यक्ष हुनुहुन्छ, कुनै महाधिवेशन चुनावको सामना गर्नु नपर्ने अनि आफै टिका लगाएर आफै घोषणा गर्ने ।’
अनि माओवादी लिगेसीको कुरा गर्ने । सबैले सर्वसम्मत भएको नेतालाई मान्दा लिगेसी छाडेको हुन्छ,उहाले भन्नुभयो ।आफुले बनाएको प्रधानमन्त्रीलाई सडकमा पछार्ने कोसिस गरेपछि संसद विघटन भएको रायमाझीले खुलाशा गर्नुभयो । केपी ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट निकालेर सडकमा लौजान खोज्नुभएको थियो,’ उहाले भन्नुभयो, ‘उहाँहरु आफै सडकमा जानुभयो ।’













प्रतिक्रिया दिनुहोस्