पाल्पा, पुष १८
परराष्ट्रमन्त्री एंव नेकपाका नेता प्रदीप ज्ञवालीले नेपालको आन्तरिक राजनीतिमा पुष्पकमल दाहाल प्रचण्डले भारतलाई गुर्हानु दुखद भएको बताउनु भएको छ । उहाले प्रतिनिधिसभा विघटन भएपछि सडकमा गएको खेमाले बाह्य शक्ति निम्त्याएको बताउनु भएको हो ।
नेपाल पत्रकार महासंघ पाल्पा शाखाले शनिबार तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाले भन्नुभयो, ‘पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालको अन्तर्वार्ता हेर्दै थिए । त्यहाँ भन्दै हुनुहुन्थ्यो, यति खेरसम्म अमुक देश किन मौन बसेको हो ? यो मौनता मलाई ठ्याम्मै पचेन है । हामीलाई समर्थन चाहियो नि हामी सडकमा गइरहेका छौं । एउटा देश चुप लागेर बस्न मिल्छ ?’
प्रचण्डले केही समय अघि एक टेलिभिजन अन्तर्वार्तामा भारतले नेपालको मामिलामा बोल्नुपर्ने भन्दै सार्वजनिक रुपमा टिप्पणी दिनु भएको थियो । सोही विषयप्रति मन्त्री ज्ञवालीले असन्तुष्टि पोख्नु भएको हो । घरभित्र समस्या आउन सक्छ तर छलफल गर्न सकिने बताउँदै उहाले यस्तो कुरामा बाह्य शक्ति निम्त्याउनु दुःखद भएको स्पष्ट पार्नुभयो । ‘घरभित्र समस्या आउन सक्छ,’ उहाले भन्नुभयो, ‘त्यस्तो कुरा बाहिर आइसकेपछि केही नेताहरुको कहिल्यै तृप्त नहुने महात्वाकांक्षा रहेको छ । यसमा जनता बलि चढ्दैनन् भन्ने विश्वास छ ।’













प्रतिक्रिया दिनुहोस्