काठमाडौं, पुष २२
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाई सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुरु भएको छ । इजलासको शुरुमै वरिष्ठ अधिवक्ताले बृहत पूर्ण इजलासमा सुनुवाई गर्न माग गरेका थिए ।
इजलासमा बहस शुरु हुनासाथ वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले बृहत पूर्ण इजलास माग गर्नुभयो । जवाफमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश हरिकृष्ण कार्कीले पहिले रिट निवेदनमाथि छलफल गर्न आदेश दिनुभयो । ‘तपाईहरुको निवेदनमाथि बहस होस । सुनुवाईपछि संवैधानिक इजलासले नै यसबारे निर्क्यौल गर्नेछ, पूर्ण इजलासमा जाने कि नजाने भन्नेबारे यसैबाट आदेश दिनेछ’ इजलासले भन्यो ।
बृहत पूर्ण इजलासमा लगियोस् भन्ने निवेदन संवैधानिक इजलासमा पढेर सुनाइएको छ । इजलास कक्ष सानो भएको र कोभिडको डरका कारण बहस सुन्नका लागि अदालत परिसरमा माइकको व्यवस्था गरिएको छ भने नेपाल बार एशोसियसनको हलमा भिडियोबाट सुनुवाई हेर्ने व्यवस्था समेत मिलाइएको छ । इजलासमा प्रधानन्यायाधीश राणासहित हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजवहादुर केसी न्यायाधीश छन् ।













प्रतिक्रिया दिनुहोस्