जनता टाइम्स

२२ पुष २०७७, बुधबार १५:०६

अनेरास्ववियुको सम्पत्ति दुरुपयोग नगर्न महरको चेतावनी


काठमाडौं, पुस २२

अनेरास्ववियुका संयोजक ऐन महरले संगठनको सम्पत्ति दुरुपयोग नगर्न चेतावनी दिनुभएको छ । माउ पार्टी नेकपा दुई समूहमा विभाजित भएपछि बागबजारस्थित कार्यालयमा प्रचण्ड–माधव समूहले कब्जा गर्ने तयारी गरेपछि महरले कार्यालय, लेटरप्याड र सम्पत्ति दुरुपयोग नगर्न सचेत गराएका छन् ।

‘यस्ता क्रियाकलाप जारी राखे संगठनात्मक कारवाही गर्न र संगठनको सम्पत्तिको सुरक्षाको लागि कडा कदम चाल्न अनेरास्ववियु बाध्य हुनेछ,’ महरद्वारा बुधबार जारी विज्ञप्तीमा उल्लेख छ । प्रचण्ड–माधव निकट अनेरास्ववियुले प्रधानमन्त्री र मन्त्रीहरुलाई कालो झण्डा देखाउने कार्यक्रम तय गरेकोमा असन्तुष्टि जनाउँदै महरले आफूहरु त्यस्तो विरोध कार्यक्रममा सहभागी नहुने स्पष्ट पारेको छ ।