काठमाडौं, पुस २२
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार १ सय ९३ पुगेको छ । गत २४ घण्टामा ४०९ जना संक्रमित थपिएसँगै उक्त संख्यामा संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल ५ हजार १३३ जना सक्रिय संक्रमित छन्। आज प्रदेश–१ को झापामा २ र मोरङमा ११ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश–२ को धनुषामा १, पर्सामा २ र बारामा २ जनामा कोरोना पाइएको मन्त्रालयले जनाएको छ।बागमती प्रदेशको काठमाडौंमा मात्र १५९ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ६, चितवनमा १७, दोलखामा ६, धादिङमा १, नुवाकोटमा २, भक्तपुरमा २४, रामेछापमा १, ललितपुरमा ५० र सिन्धुलीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गण्डकी प्रदेशको कास्कीमा २७, गोरखामा १, तनहुँमा २, नवलपरासी पूर्वमा ४, म्याग्दीमा १, लमजुङमा ३, बागलुङमा २ र स्याङजामा १ जनामा कोरोना पुष्टि भएको छ। लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १०, कपिलवस्तुमा ४, गुल्मीमा ५, दाङमा ४, नवलपरासीमा ५, पाल्पामा ७, बर्दियामा १, बाँकेमा १२, रोल्पामा ३ र रुपन्देहीमा २५ जनामा कोरोना पाइएको छ।
गत २४ घण्टामा कर्णाली प्रदेशको कुनै पनि जिल्लामा संक्रमित भेटिएको छैन भने सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा १ र कैलालीमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा ६ हजार ७०६ जनाको पिसिआर परीक्षण गरिएको थियो । आज थप ६ जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या १ हजार ८९९ पुगेको मन्त्रालयले जनाएको छ।
हाल ३ सय ४२ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै गत २४ घण्टामा ४९५ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ५६ हजार १ सय ६१ पुगेको मन्त्रालयले जनाएको छ।












प्रतिक्रिया दिनुहोस्