जनता टाइम्स

२३ पुष २०७७, बिहीबार १६:३६

आज कुन प्रदेशको कुन जिल्लामा कति भेटिए संक्रमित ?


काठमाडौं, पुस २३

पछिल्लो २४ घण्टामा नेपालमा ४१२ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या २ लाख ६३ हजार ६ सय ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ५ हजार ५८ जना सक्रिय संक्रमित छन्। आज ५ हजार १३२ जनाको पिसिआर परीक्षण गरिएको थियो भने यससँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ६९ हजार २९२ पुगेको छ।

आज थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ९०३ पुगेको मन्त्रालयले जनाएको छ। हाल ३ सय ४२ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा ४८३ जना उपचारपछि डिस्चार्ज भएका छन्। अहिलेसम्म नेपालमा निको हुनेको संख्या २ लाख ५६ हजार ६४४ पुगेको मन्त्रालयले जनाएको छ।

त्यस्तै आज प्रदेश १ को झापामा ४, तेह्रथुममा १, धनकुटामा १, मोरङमा ५ र सुनसरीमा जनामा कोरोना पुष्टि भएको छ। प्रदेश २ को धनुषामा ५, पर्सामा १, महोत्तरीमा १, रौतहटमा १ र सप्तरीमा १ जनामा कोरोना पाइएको मन्त्रालयले जनाएको छ। बागमती प्रदेशको काठमाडौंमा मात्र १ सय ९८ जनामा कोरोना पुष्टि भएको छ।

काभ्रेमा ७, चितवनमा ८, धादिङमा १०, नुवाकोटमा २, भक्तपुरमा २५, मकवानपुरमा ६, रामेछापमा १, ललितपुरमा २८, सिन्धुपाल्चोकमा २ र सिन्धुलीमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। गण्डकी प्रदेशको कास्कीमा २५, गोरखामा २, नवलपरासी पूर्वमा २, लमजुङमा १, बागलुङमा ४ र स्याङजामा ३ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३, गुल्मीमा २, दाङमा १, नवलपरासीमा २, पाल्पामा ५, प्युठानमा ३, बर्दियामा २, बाँकेमा ४, रोल्पामा ३ र रुपन्देहीमा २५ जनामा कोरोना पाइएको छ। गत २४ घण्टामा कर्णाली प्रदेशको दोलखामा मात्र ६ जनामा कोरोना भेटिएको छ। सुदूरपश्चिम प्रदेशको पनि हुम्लामा मात्र १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।