काठमाडौं, पुष २३
प्रतिनिधिसभा विघटनविरुद्ध सडकमा पुगेको पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपालको समुहलाई नागरिकले साथ नदिएपछि अहिले नागरिक समाज गुहार्न थालेको छ । प्रतिपक्ष दलहरुसँग सहकार्य गर्न खोज्दा पनि नसकेपछि नागरिक समाजलाई आफ्नो पक्षमा बोलिदिन आग्रह गरिरहेको छ ।
प्रचण्ड यतिबेला भारतको सहयोग खोज्न मुम्बई पुगेपनि राजनीतिक भेटघाट नदिएर छट्पटाई रहेका बेला यता नेपालले भने विहिवार नागरिक समाजका केही अगुवासँग छलफल गरेको छ । नयाँ बानेश्वरमा भएको छलफलमा नेपालले उल्टै गाली खानु परेको छ ।
उनिहरुले दुई तिहाई बहुमत भएको सरकारलाई सच्याउन नसक्नु र पदका लागि बार्गेनिङ गरिरहेको भन्दै आफुहरुको सहयोग नरहने स्पष्ट पारिदिए । कतिपय अगुवाहरुले प्रश्नैप्रश्न तेर्साएर अन्तरक्रियामा उपस्थित पूर्वप्रधानमन्त्रीहरु नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलाई हालयकायल बनाउदा उनिहरुको मुख हेर्न लायक भएको थियो । पूर्वसभामुख दमनाथ ढुंगानाले सुरुवातमै भन्नुभयो, ‘हामीलाई किन बोलाउनु भयो ? तपाईँहरु फोहोर गर्ने अनि नागरिक समाजलाई सफा गर्न बोलाउने ? फोहोरमा तपाईँहरु कति सम्मिलित हुनुहुन्छ ? त्यो हामीलाई थाहा छ।’
पदीय झगडाका कारण नेकपा फुटेको र अब आफूहरुले साथ दिएमा र मौका पाएमा प्रचण्ड–नेपाल पक्षबाटै फेरि प्रधानमन्त्री हुन दौडिने निश्चित भएको उहाको भनाई छ । उहाले ओलीले संसद विघटन गरेर संविधानमाथि प्रहार गरेर भयानक गल्ती गरेको तर उनलाई त्यो अवस्थामा पुर्याउन प्रचण्ड–नेपाल पक्षले कुस्ती खेल्दै भित्तामा पुर्याएको बताउनु भयो ।
अख्यितयार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त सूर्यनाथ उपाध्यायले नेकपाको किचलोले जनताले फेरि पनि दुःख पाएको र त्यसको भागीदार नेकपाका दुवै पक्ष भएको बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्