काठमाडौं, पुस २६
नेपालमा गएको २४ घण्टामा २५९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार ३ हजार ३९९ जनाको पीसीआर परीक्षण भएकोमा २५९ जनालाई कोरोना पोजेटिभ देखिएको हो ।
आज संक्रमण पुष्टि भएकामध्ये काठमाडौं उपत्यकाका १२६ जना रहेका छन् । काठमाडौंमा ९९, भक्तपुरमा ९ र ललितपुरमा १८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको उहाँले जानकारी दिनुभयो । ज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार १५९ पुगेको छ ।
संक्रमण पुष्टि भएकामध्ये २ लाख ५८ हजार ४४१ जना निको भएका छन् ।त्यस्तै पछिल्लो २४ घण्टामा ५१३ जनाले कोरोना जितेका छन् भने ५ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ९१७ पुगेको छ । आज सक्रिय संक्रमितको संख्या ४ हजार ४२२ रहेको रहेको छ ।













प्रतिक्रिया दिनुहोस्