जनता टाइम्स

२६ पुष २०७७, आईतवार १८:०४

जनता समाजवादी दल पनि निर्वाचनकै पक्षमा उभियो : अध्यक्ष ठाकुर भन्छन–संसद पुनःस्थापना नभएर चुनावमा जानु परे तयार छौं


भैरहवा, पुस २६ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले संसद पुनःस्थापना नभएर चुनावमा जानु परे आफ्नो पार्टी तयार रहेको बताउनु भएको छ ।

प्रेस नेपालले भैरहवामा गरेको पत्रकार भेटघाटमा अध्यक्ष ठाकुरले अदालतको नतिजा पर्ख र हेरको अवस्थामा रहेको भन्दै पुनःस्थापना नभए आफूहरु चुनावका लागि तयार रहेको प्रष्ट पार्नुभएको हो ।उहाँले प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अदालतप्रति पूर्ण विश्वास गर्दै निष्पक्षता र न्याय निरुपणमा पूर्ण विश्वास रहेको पनि बताउनु भयो ।

‘अदालतबाट संसद पुनःस्थापना नभएर चुनावमा जानु परे हाम्रो पार्टी तयार छ, हामी पर्ख र हेरको स्थितिमा छौं,’ ठाकुरले भन्नुभयो । तत्कालीन मधेसवादी दलसँग गरिएका सहमति उल्लंघन गरेर संविधान बनाइएकाले आफ्नो पार्टीले सुरुदेखि नै संविधान त्रुटिपूर्ण छ भन्दै संशोधन हुनुपर्ने माग राख्दै आएको पनि ठाकुरको बताउनु भयो ।