काठमाडौं, पुष २७
महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक निगरानीका लागि विशेष भ्यानको परिचालन गरेको छ । ट्राफिक प्रहरीको अनुपस्थितिमा हुने ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई निगरानी गरी कारबाही र सचेतनाका लागि ‘ट्राफिक सर्भिलेन्स भेइकल’ (भ्यान) परिचालन गरेको हो ।
महाशाखाले आइतबारबाट ट्राफिक ‘सर्भिलेन्स भेइकल’ परिचालन गरेको महाशाखा प्रमुख एसएसपी उपरीक्षक जनक भट्टराईले बताउनु भयो । माइक्रोबस आकारको सर्भिलेन्स भ्यानको छतमा जडित चार वटा सीसीटीभी क्यामेराले करिब २ सय मिटर सम्मको दृश्यलाई कैद गर्न सक्ने महाशाखाले जनाएको छ ।

भ्यानमा खटिने ५ जना ट्राफिक प्रहरीले दैनिक सवारी आवागमनको नियमन गर्ने र सडकका गतिविधिहरुलाई भिडियो तथा फोटोमा कैद गर्न मिल्ने प्रविधि जडान गरेको छ । यसले ट्राफिक व्यवस्थापनमा सहयोग गर्ने र चालकहरुलाई प्रमाणसहित कारबाही गर्न र थप सचेत जगाउन सहयोगी हुने अपेक्षा गरेको महाशाखाले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्