काठमाडौं, पुष २८
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अनौपचारिक विभाजन भएपछि अहिले शक्ति प्रर्दशनको होड चलेको छ । प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समुहले देशभर शक्ति प्रर्दशन गरिरहेका हुन् ।


प्रचण्ड–नेपाल समुहले राजधानीमा शक्ति प्रर्दशन गरेको थियो । अपेक्षाकृत मानिस उपस्थित नभएपछि उसले अन्य दलको साथ खोजेर दोस्रो चरणको आन्दोलनमा केही ढिलाई गर्यो । त्यो बीचमा ओली पक्षले आक्रमक ढंगले संगठन पुनगर्ठनलाई तिव्रता दियो । र पहिलो पटक धनगढीमा विशाल आमसभा गरेर आफ्नो शक्ति प्रर्दशन गर्यो । त्यसपछि काठमाडौंमा युवा संघ र बारामा सोमबार र मंगलबार सर्लाहीमा जनशक्ति प्रर्दशन गरेको छ ।


बारा र सर्लाहीमा भएको सभामा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सहरी विकासमन्त्री प्रभु शाह र पूर्वमन्त्री रघुवीर महासेठ लगायतका नेताहरुले सम्बोधन गर्नुभयो ।


यता, प्रचण्ड–नेपाल समुहले भने जिल्लामा सानातिना प्रर्दशन र कार्यक्रम गरिरहेको छ । मंगलबार गण्डकी प्रदेशद्वारा आयोजित वृहत् कार्याकर्ता भेला तथा संघर्ष अभिमुखिकरण कार्यक्रममा अध्यक्ष प्रचण्ड र नेपालसहितका नेताहरु सहभागी हुनु भएको थियो ।
सर्लाहीमा भएको सभामा उपप्रधानमन्त्री ईश्वर पोखरेल
प्रतिक्रिया दिनुहोस्