जनता टाइम्स

२९ पुष २०७७, बुधबार १६:०४

नक्सा जारी गरेपछि भारतकै निर्देशनमा प्रधानमन्त्री ओलीको राजीनामा मागेको प्रचण्डको स्वीकारोक्ति


काठमाडौं, पुष २९

गत असार १६ गते बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीमा एउटा विषय खुल्ला रुपमा आयो । त्यसको झल्को प्रधानमन्त्री एंव नेकपाका पहिलो नम्बरका अध्यक्ष केपी शर्मा ओलीले दिइसक्नु भएको छ ।

नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नक्सा जारी गरेपछि प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई हटाउन भारत खुलेर लागेको थियो । सोही विषयलाई प्रधानमन्त्री ओलीले बालुवाटारमा आयोजित एक कार्यक्रमै खुल्ला रुपमा भनिदिनु भयो । त्यसैको भोलीपल्ट अर्थात २०७७ असार १६ गते मंगलबार बसेको स्थायी कमिटी बैठकमा दोस्रो नम्बरका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमले राजिनामा माग गर्नुभयो । प्रचण्डले भारतले होइन हामीले राजिनामा मागेको बैठकमा स्पष्ट पार्नुभयो ।

तर, सो राजिनामा भारतले नै माग्न लगाएको विषय स्वयम प्रचण्डले स्विकार गर्नुभएको छ । त्यो पनि कुनै अध्यारो कोठा वा गोप्य रुपमा होइन । कार्यकर्ता र सार्वजनिक सञ्चारमाध्यम अगाडी राखेर भारतले नै राजिनामा माग्न लगाएको तर आफुहरुले नमागेको खुलासा गर्नुभएको छ । यद्यपी त्यस बेला दाहाल–नेपाल समर्थित सञ्चारमाध्यमले नै प्रधानमन्त्रीको राजिनामा माग गरेको कुरा उठाएका थिए । यो हेर्नुहोस् प्रमाण

असार १७ गते प्रकाशित पूर्व माओवादी समर्थित नयाँ पत्रिका दैनिकको पहिलो पृष्ठ
कान्तिपुर दैनिकको अनलाइन संस्करणमा असार १६ मा प्रकाशित समाचारको शिर्षक

प्रचण्ड–माधव नेपाल पक्षधर नेकपाको काठमाडौं जिल्ला भेलालाई बुधवार सम्बोधन गर्दै प्रचण्डले त्यसबेला भारतले भनेर आफुहरुले नहटाएको दावी गर्नुभयो । त्यसबेला राजिनामा माग गर्ने र अहिले माग गरेको छैन भन्दै अभिव्यक्ति दिनु भएको हो । कार्यक्रममा उहाले भन्नुभयो, ‘असारको हाम्रो स्थायी समितिको बैठक बस्दा त मलाई भारतले हटाउन खोजेको छ । मेरा साथीहरुले पनि हटाउन खोजेका छन् भन्नुहुन्थ्यो (प्रधानमन्त्री ओलीले) । हामीले हटाएनौ त्यत्तिबेला । भारतले भन्दैमा हटाउने हो र भनेर हटाएनौ नि त हामीले ।’