स्यांजा, पुस २९ । कृषि तथा पशुपंक्षीमन्त्री पद्मा अर्यालले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा देशभर जनलहर छाएको बताउनु भएको छ । गृहजिल्ला स्यांजामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अर्यालले पछिल्लो समय प्रधानमन्त्री ओलीले देश जोगाउन चाल्नुभएको कदमको समर्थनमा दशैभरी जनता उर्लिएको बताउनु भएको हो ।
‘प्रधामन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको पक्षमा देशभर जनलहर छाएको छ, समर्थनमा जनता सडकमा उत्रिएका छन,’ जहाँ पुग्यो त्यहीँ केपी ओलीको पक्षमा जनलहर छाएको छ, मुलुकभर फेरि केपी ओलीको पक्षमा लहर आएको छ, हामी जहाँ जान्छौं, त्यहाँ केपी ओलीको पक्षमा नै जनता देख्छौं ।’
पार्टी विभाजनको संघारमा पुग्दा पनि पहिला भन्दा राम्रो समर्थन प्राप्त भएको उहाँले प्रष्ट पार्नुभयो । ‘बिहानीले दिनको संकेत गर्छ भनिन्छ, पार्टी विभाजन पछिका भेला पहिला भन्दा अझ बलियो देखिएको छ, खराब प्रवृत्ति बाहिरिएपछि पार्टी अझ सुन्दर बनेको छ, भोलिका संकेत राम्रा छन,’ मन्त्री अर्यालले भन्नुभयो ।
नेकपा नेतृ समेत रहनुभएकी मन्त्री अर्यालले नेकपा नफुटेको तर केही मानिस चुइटिएर गएर पार्टी विभाजनमा लागेका बताउनुभयो । ‘हामी फुटेका छैनन्, केपी ओली जहाँ हामी त्यहीँ छौँ तर नेताहरु फुट्न खोज्नुभएको छ, हिड्नुभएको छ,’ मन्त्री अर्यालले भन्नुभयो ।
नेकपाको संस्थापन को र सूर्य चिन्ह कसको भन्ने कुरा बाहिर सुनिएको भन्दै यसमा विवाद र बहस आवश्यक नरहेको पनि उहाँको भनाई छ । ‘सोझो अर्थमा हेर्दा नेकपाको प्रथम अध्यक्ष्य केपी शर्मा ओली हो, महासचिव विष्णु पौडेल पनि हामीसँगै हुनुहुन्छ, त्यसैले संस्थापन को भन्नै पर्दैन, सूर्य चिन्ह पनि हाम्रै हो यसमा दुई मत छैन,’ अर्यालले भन्नुभयो ।
पार्टीका केही नेताले सरकारलाई काम गर्न नदिने, समृद्धिको योजनालाई अघि बढ्न नदिने र केपी ओलीलाई तल पार्न खोज्ने खेल पहिलेदेखि खेलेको तथ्य पनि उहाँले राख्नुभयो । सरकारबिरोधी खेल तीन वर्षमा आइपुग्दा रहस्य तथ्यसहित उद्घाटन भएको उहाँको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्