जनता टाइम्स

२९ पुष २०७७, बुधबार १६:४६

थपिए ४४५ संक्रमित, ४१४ डिस्चार्ज


काठमाडौं, पुस २९

पछिल्लो २४ घण्टामा नेपालमा ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको आजको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले ४४५ संक्रमित थपिएको जानकारी दिनुभयो ।

आज काठमाडौं उत्यकामा २४६ जना संक्रमित थपिएका छन् जसमा भक्तपुर १८, ललितपुर ३८ र काठमाडौं १८९ रहेका छन् । उहाँले अहिले देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ७३४ रहेको पनि जानकारी दिनुभयो । त्यस्तै संस्थागत आइसोलेसनमा ११०७ र होम आइसोलेसनम ३३४७ रहेको गौतमले जानकारी दिनुभयो ।

प्रवक्ता गौतमका अनुसार २४ घण्टामा पीसीआर परीक्षणको संख्या ४१५४ रहेको थियो । आज कोरोनामुक्त भइ डिस्चार्ज हुनेको संख्या ४१४ रहेको छ । हालसम्म कोरोना संक्रमण जित्नेको संख्या २ लाख ५९ हजार ७७२ पुगेको छ ।