जनता टाइम्स

१ माघ २०७७, बिहीबार १२:२५

बालुवाटारमा प्रधानमन्त्री ओलीको योग


काठमाडौं, माघ १

राष्ट्रिय योग दिवसका अवसरमा बिहीबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा योगाभ्यास कार्यक्रम आयोजना गरिएको छ । राष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोजनामा ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नारासहित मनाइएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरू, उच्च कर्मचारी, योगगुरु, अभ्यासकर्ता, शिक्षाकर्मीलगायत सहभागी हुनु भएको थियो ।

दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको हो । कार्यक्रममा योगगुरु क्षितिज बराकोटीले योगाभ्यास गराउनु भएको थियो ।