काठमाडौं, माघ १
आज देशभर ४०३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४०३ जना संक्रमित थपिएका हुन् । यससँगै नेपालमा संक्रमितको संख्या २ लाख ६६ हजार ५४६ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ४२६ रहेको छ ।
आज कोरोना संक्रमण जित्नेको संख्या ४०५ छ । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६० हजार १७७ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १९४३ पुगेको छ ।













प्रतिक्रिया दिनुहोस्