जनता टाइम्स

२ माघ २०७७, शुक्रबार १६:०४

‘कोभिशिल्ड’ खोपलाई आपतकालिन प्रयोग गर्न सरकारले दियो अनुमति


काठमाडौं, माघ २

नेपाल सरकारले कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोप ‘कोभिसिल्ड’लाई आपतकालीन प्रयोगको अनुमति दिएको छ । आज औषधि व्यवस्था विभागले खोप ‘कोभिसिल्ड’लाई नेपालमा आपतकालीन प्रयोगको अनुमति दिएको हो ।

सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको खोपलाई अनुमति दिइएको विभागले जनाएको छ । यसअघि नै भारतले यो खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिइसकेको थियो । औषधि व्यवस्था विभागले दुई दिनअघि अनुमतिको लागि प्रयोग गरिने खोप दर्ता गर्न आह्वान गरेको थियो ।