जनता टाइम्स

२ माघ २०७७, शुक्रबार १६:३९

संबैधानिक इजलाशमा चर्काचर्की, यस्तो कार्वाहीमा परे प्रचण्ड-माधवका वकिल


काठमाडौं, माघ २ । संवैधानिक इजलासमा चर्काचर्की परेको छ । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षधर बिघटित प्रतिनिधिसभाका सांसद शशी श्रेष्ठले आफ्नो समुहका प्रवक्ताले तयार पारेको फेक समाचारलाई इजलाशमै उठाएर न्यायाधीशको चरित्र हत्या गर्न थालेपछि इजलाशमै चर्काचर्की र आदेश भएको हो ।

चर्काचर्की पर्न थालेपछि नेपाल बार एशोसियन र सर्वोच्‍च अदालतभित्रै बहस सुन्न राखिएको भिडियो लाइभबाट अडियो काटिएको छ । बरिष्ठ अधिवक्ता रमण श्रेष्ठले राष्ट्रपति कार्यालयबाट आएको सक्कल पत्र किन फिर्ता पठाइयो भनेपछि शुरु भएको बहस विघटित प्रतिनिधिसभा सदस्य श्रेष्ठले बोल्न थालेपछि चर्काचर्कीमा बदलिएको थियो।

श्रेष्ठले प्रधानमन्त्री र न्यायाधीशहरुबीच भेट भएको र षड्यन्त्रको गन्ध आएको भनेर जनताले प्रश्न उठाएको बताएपछि बेन्चबाट यस्ता कुरा नउठाउन आदेश दिइएको थियो । तर, श्रेष्ठले अपुष्ट कुरालाई इजलासमा उठाएपछि सवाल जवाफ चर्केको हो । श्रेष्ठले तथ्य र तर्क भन्दा कू तर्क र नभएको कुरा उठाएकोले कार्वाही स्वरुप लाइभको अडियो काटिएको हो ।