जनता टाइम्स

२ माघ २०७७, शुक्रबार १६:४७

आज कुन जिल्लामा कति भेटिए संक्रमित ?


काठमाडौं, माघ २

आज देशभर २७० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ८ सय १६ पुगेको छ। गत २४ घण्टामा ३ हजार ८४ जनाको पिसिआर परीक्षण गरिएको थियो ।

त्यस्तै ४३०१ जना सक्रिय संक्रमित रहेका छन् । आज ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ४८ पुगेको मन्त्रालयले जनाएको छ। हाल २ सय ३१ जना क्वारेन्टाइनमा छन्। आज ३९० जना उपचारपछि डिस्चार्ज भएका छन्।

योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ६० हजार ५ सय ६७ पुगेको मन्त्रालयले जनाएको छ। यस्तै, देशभर हाल २०३ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १ सय ६५ जना आइसियु र ३८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कुन जिल्लामा कति ?

त्यस्तै आज प्रदेश–१ को ओखलढुंगामा १ र सुनसरीमा २ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश २ को धनुषामा मात्र १ जनामा कोरोना भेटिएको छ। बागमती प्रदेशको काठमाडौंमा मात्र १ सय ४४ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ९, चितवनमा ९, धादिङमा २, नुवाकोटमा १, भक्तपुरमा ६, मकवानपुरमा १, ललितपुरमा २२ र सिन्धुलीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १५, गोरखामा १, तनहुँमा २, नवलपरासीमा पूर्वमा ४, म्याग्दीमा १, बागलुङमा ३ र स्याङजामा २ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको कपिलवस्तुमा २, दाङमा ३, नवलपरासीमा १, पाल्पामा ३, बर्दियामा १, बाँकेमा १९ र रुपन्देहीमा ८ जनामा कोरोना पाइएको छ।गत २४ घण्टामा कर्णाली प्रदेशको दैलेखमा १ र कैलालीमा १ जनामा कोरोना भेटिएको छ। सुदूरपश्चिम प्रदेशको डडेल्धुरा र बाजुरामा १÷१ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।