जनता टाइम्स

३ माघ २०७७, शनिबार ११:३१

प्रदेश–१ का नेता कार्यकर्तालाई प्रधानमन्त्री ओलीले राजधानीमा सम्बोधन गर्दै


काठमाडौं, माघ ३

प्रधानमन्त्री एंव नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आज प्रदेश–१ का नेता कार्यकर्तालाई सम्बोधन गर्नुहुने भएको छ । राजधानीमा उपलब्ध नेता तथा कार्यकर्तालाई रोयल बैंक्वेटमा दिउँसो सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

‘प्रदेश नं १ का काठमाडौंबासी अगुवा कार्यकर्ताहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज विशेष सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो । दिउँसो एक बजेपछि तीनकुनेस्थित रोयल बैंक्वेटमा उहाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेकपाको अनौपचारिक विभाजनपछि ओली समुहले देशभर आक्रमक संगठन विस्तार र निर्वाचनको तयारीमा जुटिसकेको छ । प्रधानमन्त्री ओलीले समेत नेता कार्यकर्तालाई अब निर्वाचन केन्द्रीत कार्यक्रम बनाउन निर्देशन समेत दिइसक्नु भएको छ ।