जनता टाइम्स

३ माघ २०७७, शनिबार १४:०६

कम्युनिष्ट आन्दोलन सफल बनाउन प्रचण्डमुक्त पार्टी हुनुपर्छ : प्रभु साह


काठमाडौं, माघ ३

नेकपाका नेता एंव शहरी विकासमन्त्री प्रभु साहले पार्टीलाई प्रचण्डमुक्त बनाउनुपर्ने घोषणा गर्नुभएको छ । उहाले कम्युनिष्ट आन्दोलनलाई सफल बनाउनपनि प्रचण्डमुक्त पार्टी हुनुपर्ने बताउनु भएको हो ।

प्रदेश–१ का अगुवा नेता कार्यकर्तालाई राजधानीमा सम्बोधन गर्दै उहाले माओवादी आन्दोलनलाई समाप्त पारेपछि प्रचण्ड कम्युनिस्ट आन्दोलनलाई समाप्त गर्ने दिशामा लागेको स्पष्ट पार्नुभयो । नेता साहले विगत ३० वर्षभन्दा बढी समयदेखि पार्टी अध्यक्ष रहेका प्रचण्डका यस्तै गतिविधिका कारण माओवादी आन्दोलन समाप्त भएको उहाले आरोप लगाउनु भयो ।

‘कम्युनिस्ट आन्दोलनलाई सफल गर्ने हो, नेपाल समृद्धिको बाटोमा लैजाने हो भने प्रचण्डमुक्त कम्युनिस्ट पार्टी र प्रचण्डमुक्त नेपाल बनाउन जरुरी छ’, उहाले भन्नुभयो । नेता साहले आफूले कुनै पूर्वाग्रहका कारण नभइ विगतको अनुभवका कारण यस्तो बताएको बताउनु भयो ।

उहाले सत्ता छाडेर जनतामा जाने नेता निरंकुश हुने र विना निर्वाचन प्रधानमन्त्री, विना महाधिवेशन अध्यक्ष हुने मान्छे लोकतान्त्रिक हुने भन्दै प्रचण्ड–नेपाल समुहलाई व्यङग समेत गर्नुभयो ।