जनता टाइम्स

३ माघ २०७७, शनिबार १६:२१

प्रचण्डलाई प्रधानमन्त्रीको जवाफ : जनतालाई हसाउनै खोजेको हो, मान्छे मारेर विधुवा र टुहुरा बनाउन सक्दिन


काठमाडौं, माघ ३

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले जनतालाई खुसी बनाउँदा केहीलाई पीर परेको टिप्पणी गर्नुभएको छ । केही दिनअघि पुष्पकमल दाहाल प्रचण्डले ओली जोकर भएको टिप्पणी गरेपछि प्रधानमन्त्री ओलीले त्यसको जवाफ दिनुभएको हो ।

नेकपाको प्रदेश १ का आगुवा कार्यकर्ता भेलालाई शनिबार राजधानीमा सम्बोधन गर्दै उहाले आफुले जनतालाई हसाउनै खोजेको बताउनु भयो । ‘उहाहरुलाई बडा चिन्ता, दुःख लागेछ केपी ओली मान्छे हसाउछ, मान्छे हसाएर हिड्छ । अनि के म मान्छे मार्दै विधुवा बनाउदै टुहुरा बनाउदै टुहुरो बनाउदै दुनियाँलाई रुहाउदै हिडू त म ?’, उहाले प्रचण्डलाई प्रश्न गर्नुभयो । सो प्रश्न गर्दै उहाले आफुले गर्न खोजेको कुरा पनि राख्नुभयो, ‘हसाउदै हिड्छ भन्छन्, म देशकै अनुहारमा मुस्कान ल्याउन चाहान्छु । म बालबालिका, किशोरकिशोरी, युवा, बा आमाहरुको अनुहारमा मुस्काउन ल्याउन चाहान्छु ।’

प्रधानमन्त्री ओलीले केही भने जनता रुवाउन निस्किएको बताउनु भयो । जनता रुवाउन खोजे पनि त्यसो हुन आफूले नदिने बताउदै भन्नुभयो, ‘रुवाउन खोजेका थियौं, सकेनौं, सक्दैनौं । रुन दिइन्नँ ।’