जनता टाइम्स

३ माघ २०७७, शनिबार २१:४८

घनश्याम भुषाललाई शंकर पोखरेलको काउन्टर


काठमाडौं, माघ ३

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पूर्व मन्त्री एंव प्रचण्ड–नेपाल पक्षका नेता घनश्याम भुषाललाई कडा जवाफ फर्काउनु भएको छ । रुपन्देहीमा आयोजित कार्यक्रममा भुषालले अदालतले संसद पुुनःस्थापनाको निर्णय गरे सहि र नगरे सेटिङ भनेर बुझ्नुपर्ने भन्दै जनतालाई दिगभ्रमित पारेपछि नेता पोखरेलले त्यसको काउन्टर दिनु भएको हो ।

सामाजिक सञ्जालमा लेख्दै मुख्यमन्त्री पोखरेलले भन्नुभएको छ, ‘आफुले भने झै भए संविधान सम्मत नभए सेटिङ् भन्नुको अन्तर्य स्पष्ट छ । जनतामा जानु न अलोकतान्त्रिक हो नत संविधान विरुद्धको कदम नै ।’

नेता भुषालले रुपन्देहीको मणिग्राममा नेकपा तिलोत्तमा नगर कमिटीको विस्तारित भेलालाई सम्बोधन गर्दै भन्नुभएको थियो, ‘संविधानलाई च्यातिन नदिन र देशलाई फेरि सही ट्रयाकमा ल्याउन प्रतिनिधि सभा पुनर्स्थापनाको विकल्पै छैन, सेटिङ वाहेक अरु कुनै तरिकाले पुनर्स्थापना रोकिन्न ।’