जनता टाइम्स

४ माघ २०७७, आईतवार १९:१९

संसद पुनःस्थापना हुनुपर्छ भन्ने वकिललाई प्रधानन्यायाधीशको प्रश्न : प्रधानमन्त्रीको पार्टीले सरकार चलाउँदिन भन्न नपाउने ?


काठमाडौं, मघ ४ । प्रधानन्यायाधीश प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने जिकिरसहित बहश गरिरहेका कानून ब्यवसायीसँग चोलेन्द्र शमशेर जवराले इजलाशमै कानून ब्यवसायीसामू कठोर प्रश्न गर्नुभएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा भइरहेको बहसमा प्रधानन्यायाधीश जबराले कठोर प्रश्न सोध्नुभएको हो । अधिवक्ता भीमार्जुन आचार्यले प्रतिनिधिसभा विघटन गर्ने कुनै संवैधानिक व्यवस्था नभएको जिकिर गरेपछि जवाफ दिने क्रममा प्रधानन्यायाधीश जबराले सोध्नुभयो, ‘प्रधानमन्त्रीको पार्टीले सरकार चलाउँदिन भन्न नपाउने ? म सरकार चलाउँदिन भन्न पाउँदैन प्रधानमन्त्रीको पार्टीले ? संसदमा बहुमत पाएको दलले सरकार बनाउनु नै पर्ने, सरकार चलाउदिन भन्न नपाउने ?’

प्रधानन्यायाधीशले इजलाशमा अन्य अधिबक्तालाई पनि कठोर प्रश्न सोध्नुभएको थियो ।