जनता टाइम्स

६ माघ २०७७, मंगलवार १९:१३

नेकपा वाग्मती प्रदेश कमिटी अध्यक्षमा पोखरेल, सचिव लोहनी चयन


काठमाडौं, माघ ६

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले वागमती प्रदेश कमिटीको अध्यक्षमा साबिक नेकपा कमिटीका सचिव आनन्द पोखरेललाई चयन गरेको छ । यसअघिका अध्यक्ष नारायण दाहाललाई कारबाही गर्दै पोखरेललाई अध्यक्ष चुनिएको हो ।

प्रदेश कमिटीको आजको बैठकले प्रदेशको संयोजन गरिरहनुभएका नेता ईश्वर पोखरेलले अध्यक्षमा आनन्द पोखरेल र प्रदेश कमिटी सचिवमा खेम लोहनीको नाम प्रस्ताव गर्नुभएको थियो ।

पूर्वमन्त्री पोखरेल दोलखाबाट २ पटक सांसद भइसक्नुभएको हो । खेम लोहनी विघटित प्रतिनिधिसभामा धादिङबाट निर्वाचित हुनुभएको थियो । उहाँ २०५४ सालमा धादिङ जिल्ला विकास समिति सभापति समेत हुनुहुन्थ्यो ।