जनता टाइम्स

७ माघ २०७७, बुधबार १४:४८

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा भोला थापा नियुक्त


काठमाडौं, माघ ७

काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्राध्यापक डा. भोला थापा नियुक्त हुनुभएको छ । उहाँलाई विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपतिमा नियुक्त गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

यसअघि थापा काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार हुनुहुन्थ्यो । शिक्षामन्त्री एवम् सहकुलपति कृष्णगोपाल श्रेष्ठ नेतृत्वको सर्च कमिटीले केयूको उपकुलपतिका लागि वर्तमान उपकुलपति डा. रामकण्ठ माकाजु, भोला थापा र बालचन्द्र लुइँटेललाई सिफारिस गरेको थियो ।