जनता टाइम्स

७ माघ २०७७, बुधबार १५:०५

अविवाहित युवतीले फाल्दिइन् नवजात शिशु, कान्तिमा उपचार हुँदै


काठमाडौं, माघ ७

अविवाहित २० वर्षीय महिलाले काठमाडौंको महाराजगञ्जस्थित पवित्रनगरमा नवजात शिशु फालेर भागेकी छन् । आज विहान पवित्रनगरस्थित झाडीमा नवजात शिशु रोएको स्थानीयले सुनेपछि प्रहरीलाई खबर गर्दा महानगरीय प्रहरी परिसर काठमाडौंले फेला पारेको हो ।

महानगरीय प्रहरी परिसरका डीएसपी प्रमेश विष्टका अनुसार भर्खरै जन्मेको शिशु देखेपछि प्रहरीलाई खबर आयो, त्यसपछि हामीले नवजात शिशुको उपचारका लागि कान्तिबाल अस्पतालमा लग्यौ, अहिले उपचार भइरहेको छ ।

शिशु लगेर फाल्ने २० वर्षीय महिलालाई नियन्त्रणमा लिएको र उक्त क्षेत्रमा डेरागरी बस्ने अविवाहित उनको पनि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।