जनता टाइम्स

७ माघ २०७७, बुधबार १६:५९

आज थपिए ३१८ संक्रमित, ६ जनाको मृत्यु


काठमाडौं, माघ ७

पछिल्लो २४ घण्टामा नेपालमा ३१८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै कुल संक्रमितको संख्या २ लाख ६८ हजार ३१० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार ६९३ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ५ हजार १२ जनाको पिसिआर परीक्षण गर्दा ३१८ जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख २६ हजार ७२६ पुगेको छ । आज थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ७५ पुगेको मन्त्रालयले जनाएको छ।

हाल १७२ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा ३८३ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६२ हजार ६४२ पुगेको मन्त्रालयले जनाएको छ। यस्तै, देशभर हाल १९८ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १६५जना आइसियु र ३३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।