जनता टाइम्स

९ माघ २०७७, शुक्रबार १४:२२

सरकारद्वारा यी चार वटा प्रदेशमा पहिलो चरणको निर्वाचन गर्ने तयारी


काठमाडौं, माघ ९

सरकारले बैशाख १७ गतेको पहिलो चरणको निर्वाचन चार वटा प्रदेशमा गर्ने तयारी गरेको छ । पहिलो चरणमा प्रदेश–२, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा गर्ने तयारी गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यी प्रदेशमा पहिलो चरणमा निर्वाचन गर्ने तयारी भईरहेको जानकारी गराउनु भएको छ । सशस्त्र प्रहरी बलको २० औं स्थापना दिवसको अवसर पारेर आयोजित कार्यक्रममा बोल्दै उहाले बैशाख २७ गते प्रदेश–१, बागमति र कर्णाली प्रदेशमा निर्वाचन गराउने जानकारी दिनुभयो ।

यद्यपी उहाले यी विषय अन्तिम निर्णय भई नसकेको तर छलफल भईरहेको बताउनु भयो । सशस्त्र प्रहरीको मुख्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आउँदो निर्वाचनमा निष्पक्ष भएर प्रस्तुत हुन सुरक्षाकर्मीलाई निर्देशन समेत दिनुभयो । पछिल्लो समय सडकमा उत्रिएको समुहले ननभेज आन्दोलन घोषणा गरेकाले त्यसलाई सजगतापूर्वक हेर्नुपर्नेमा उहाले जोड दिनुभयो ।