जनता टाइम्स

९ माघ २०७७, शुक्रबार १६:१३

आज थपिए ३०२ संक्रमित, ७ जनाको मृत्यु


काठमाडौं, माघ ९

पछिल्लो २४ घण्टामा नेपालमा ३ सय २ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६८ हजार ९ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार ६ सय १४ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ३ हजार ५ सय ४५ जनाको पिसिआर परीक्षण गर्दा ३ सय २ जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ३५ हजार ३ सय १ पुगेको छ।आज थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ८६ पुगेको मन्त्रालयले जनाएको छ।

हाल १ सय ५८ जना क्वारेन्टाइनमा छन्। ४८० जना आज उपचारपछि डिस्चार्ज भए सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६३ हजार ३ सय ४८ पुगेको मन्त्रालयले जनाएको छ। यस्तै, देशभर हाल १ सय ८५ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १ सय ५४ जना आइसियु र ३१ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।