जनता टाइम्स

११ माघ २०७७, आईतवार १८:४०

किराती समुदायको परम्परागत भेषभुषामा मुख्यमन्त्री शेरधन राईको विवाह (फोटोफिचर)


काठमाडौं, माघ ११

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक जीवनमा बाँधिनुभएको छ । आज उहाँले मिस मंगोल २०१८ जाङ्मु शेर्पासँग विवाह गर्नुभएको हो । काठमाडौंस्थित एक पार्टी प्यालेसमा भएको विवाह समारोहमा नेकपाका सीमित नेता र आफन्त सहभागी थिए ।

४९ वर्षका बेहुला र २३ वर्षकी बेहुली किराती समुदायको परम्परागत भेषभुषामा सजिएको थिए ।
राईको पुख्यौंली घर भोजपुर हो भने शेर्पाको संखुवासभा हो । काठमाडौंमा हुर्केबढेकी शेर्पाको आमाबाबु हाल अमेरिकामा बस्दै आएका छन् ।

मोडल समेत रहनुभएको शेर्पाले मिस मंगोल २०१८ को उपाधि जित हात पार्नुभएको थियो । त्यस्तै उहाँले स्टेज शो सञ्चालन तथा म्युजिक भिडियोमा अभियन गरिसक्नुभएको छ ।