काठमाडौं, माघ १५ । सम्झौताअनुसार पारिश्रमिक नदिएको भन्दै मनमोहन मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरू आन्दोलित भएका छन् ।
अस्पतालले स्वास्थ्यकर्मी र कर्मचारीलाई तीन महिनाभित्रै बाँकी रहेको सबै पारिश्रमिक भुक्तानी गर्ने सहमति गरेको थियो । तर तोकिएको समय गुज्रिदासम्म व्यवस्थापनले आफूहरूको कामको अवमूल्यन गरेकोले आन्दोलन गर्न बाध्य भएको कर्मचारीले जनाएका छन ।
नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन, मनमोहन मेमोरीयल अस्पतालका सचिव निर्मल पोखरेलका अनुसार ब्यवस्थापनले अपमान गरेपछि आफूहरु आन्दोलनमा उत्रन बाध्य भएको बताउनु भयो । कर्मचारीहरुले श्रमिकको माग पूरा गर्नुपर्ने, श्रमिक प्रतिनिधिसँग गरेको सम्झौता कार्यान्वयन गर्नुपर्ने तथा श्रमिकको रोजगारीको सुनिश्चितता गर्नुपर्नेलगायतको माग राखेका छन् ।












प्रतिक्रिया दिनुहोस्