जनता टाइम्स

२२ जेष्ठ २०७६, बुधबार १३:००

नेपाल आइडल रवी ओडको ‘दिलको फ्रेममा’ आँचल शर्मा (भिडियोसहित)


काठमाडौं, जेठ २२

नेपाल आइडल सिजन २ का विजेता रवी ओडको आवाजमा रहेको ‘दिलको फ्रेममा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा रवीलाई पुष्पा पौडेलले साथ दिनुभएको छ । गीतमा शब्द देभल भण्डारीको रहेको छ भने संगीत दिपक शर्माको रहेको छ । संगीत संयोजन साहस शाक्यले गर्नुभएको छ । भिडियोमा आचल शर्मा , पुष्प खड्का, रवी ओड र पुष्पा पौडेलको अभिनय रहेको छ ।

भिडियोको निर्देशन शुभ्रतराज आर्चायले गर्नुभएको हो । टिपिकल शब्द संयोजनमा तयार पारिएको उक्त गीतको भिडियो निर्माणमा धेरै नै मेहनत गरेको देखिन्छ । दर्जनौं कोरस डान्सहरु सँगै सुन्दर रमणीय दृश्यहरुको मनोरञ्जन लिन पाइन्छ ।