काठमाडौं, माघ २१
ललिता निवास जग्गा हिनामिनामा संलग्न मुख्य प्रतिवादीमध्ये एक भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ धरौटीमा रिहा भएका छन् । विशेष अदालतमा उपस्थित भएका गुरुङलाई अदालतले धरौटीमा छाड्न आदेश दिएको हो ।
विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की र न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले गुरुङको बयान लिएपछि थुनछेक बहस गरेको थियो । त्यसमा अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको विशेष अदालतको वेवसाइटमा उल्लेख छ । विशेष अदालत काठमाडौंका सूचना अधिकारी नारायणप्रसाद भटटराईले गुरुङ दुई करोड धरौटी बुझाएर रिहा हुनु भएको जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्