काठमाडौं, माघ २२ । आफ्नो कुर्सीका लागि प्रचण्ड र माधव नेपालले आमहडताल भन्दै आतंक मच्चाएपछि सो समुहका नेता योगेश भट्टराईले बन्द हडतालबिरुद्ध दिनुभएको कठोर अभिब्यक्ति भाइरल बनेको छ ।
कहिल्यै बन्द हडताल नगर्ने आफैले खाएको कसमबिरुद्ध जनतालाई दुःख दिन प्रचण्ड माधव उत्रिएपछि योगेशको अभिब्यक्ति भाइरल बनेको हो ।
‘लोकतान्त्रिक परिपाटीमा बन्द हडतालले जनमत हैन, त्रास मात्र बढाउने छ । त्यो पनि क्षणिक । अन्तमा हातमा लाग्यो फगत सत्यानास,’ योगेश भट्टराईले भन्नुभएको छ । उहाँको यो अभिब्यक्ति अहिले सामाजिक सञ्जालमा भाइरल बनेको हो ।














प्रतिक्रिया दिनुहोस्