जनता टाइम्स

२३ माघ २०७७, शुक्रबार १३:४३

नेकपाको जनसभामा उर्लियो जनलहर, सभास्थल पुग्नुभयो प्रधानमन्त्री ओली


काठमाडौं, माघ २३

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बृहतसभा सुरु भएको छ । जनसभामा प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुनु भएको छ । सभा शुरु हुनुभन्दा अगाडि विभिन्‍न स्थानबाट जुलुस निकालिएको थियो ।

पार्टी बागमती प्रदेश कमिटीले आयोजना गरेको सभा सुरु हुनुभन्दा अगाडि गौशाला, ज्ञानेश्‍वर, सोह्रखुट्टे, लैनचौर, प्रदशनीमार्ग, नयाँसडक बागबजार, त्रिपुरेश्‍वरर, पुतलीसडक, भद्रकाली, रत्‍नपार्क, नयाँ बानेश्‍वर र माइतीघरबाट जुलुस निकालिएको थियो ।

‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत् राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्‍ने नाराका साथ बृहतसभा गरिएको हो । सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा, स्थायी कमिटी सदस्य सत्यनारायण मण्डललगायत नेताले सम्बोधन गरिरहनु भएको छ ।