काठमाडौं, माघ २३
प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अस्थिरता नभई निर्वाचन चाहिएको बताउनु भएको छ । उहाले अस्थिरता अन्त्यका लागि चुनावमा जानु आवश्यक भएको समेत स्पष्ट पार्नुभयो ।
राजधानीमा आयोजित विशाल जनसभामा उहाले उपस्थितलाई सोध्नु भएको थियो, ‘तपाईंहरु सबै काठमाडौंवासीले एकस्वरमा भन्नुस्, अस्थिरता कि चुनाव ?’ (भीडबाट चुनाव(चुनाव आवाज आउँछ। ) जनताले उत्तर दिएपछि उहाले नारा लगाउनु भएको थियो ।
‘अस्थिरता होइन, चुनाव चाहियो‘ अस्थिरता होइन, चुनाव चाहियो‘, नारा लगाइसकेर उहाले भन्नुभयो, ‘अब सबैले सुने होला । अब देश चुनावतर्फ गयो, गयो । अब चुनावले फैसला गर्छ, कसको सरकार बन्नुपर्छ । ’













प्रतिक्रिया दिनुहोस्