जनता टाइम्स

२४ माघ २०७७, शनिबार १८:१२

पूर्वमन्त्री बस्नेतले गरे चार महिला उद्यमीद्धारा भक्तपुरमा सञ्चालित पहिलो ‘मिल मि’ उदघाटन


भक्तपुर, माघ २४

चार महिला उद्यमीद्धारा भक्तपुरमा पहिलो ‘मिल मि’ सुरु भएको छ । भक्तपुरको पर्यटन तथा होटल व्यबसायमा महिलाहरुको लगानी बढ्न थालेसँगै उद्यमी महिलाको संख्यासमेत बढ्दै गएको छ । यसको नमूनाको रुपमा आजदेखि मध्यपुरथिमि नगरपालिका–४ राधेराधेमा दूई करोडको संयुक्त लगानीमा ‘मिल मि’ रेस्टुरेष्ट एण्ड बार (Meal : Me Restaurant & Bar) सञ्चालनमा आएको छ ।

‘मिल मि’ को उद्घाटन गर्दै पूर्वमन्त्री, पूर्व सांसद एवं नेकपाका युवा नेता महेश बस्नेतले केही वर्ष अघिसम्म बैठक बस्नदेखि खाना खानसम्म राम्रो ठाउँ खोज्दै काठमाडौं जाने परम्परा अब अन्त्य भएको बताउनुभयो । उहाँले भक्तपुर विकाससंगै व्यबसायको केन्द्र बन्न थालेको समेत सुनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘विकासको गतिसंगै भक्तपुरलाई हेर्ने दृष्टिकोण अहिले परिवर्तन भएको छ, प्रतिष्ठित व्यक्तिहरुको बसाईदेखि ठूला व्यवसायहरुको भक्तपुरमा सञ्चालन हुन थालेका छन्, व्यवसायमा महिला लगानी पनि बढ्नुले थप हौसला प्रदान गरेको छ ।’ भक्तपुर युवा व्यवसायीको आकर्षण बनेको चर्चा गर्दै उहाँले व्यवसायीको लगानी सुरक्षाको सुनिश्चितता आवश्यक रहेको औल्याउनुभयो ।

यता स्वदेशी तथा विदेशी पर्यटकदेखि परिवारसम्मलाई लक्षित गरी भक्तपुर जिल्ला मै पहिलो पटक एउटै छानामुनी स्वदेशी तथा विदेशी खानाका परिकार खुवाउने उदेश्यले ‘मिल मि’ सञ्चालनमा ल्याएको मिल मिको प्रबन्ध निर्देशक विपना सापकोटा पौडेलले बताउनुभयो ।

देशव्यापी रुपमा शाखा विस्तार गर्ने उदेश्यले व्यवसायीक बजारको रुपमा बिस्तार भएको मध्यपुरथिमि नगरपालिका–४ राधेराधे क्षेत्रको भाटभटेनी अगाडि सापकोटासहित दुर्गा राई, रमिता कासिछ्वा र भावना खरेलको संयुक्त लगानीमा ‘मिल मि’ सञ्चालनमा आएको हो । प्रबन्ध निर्देशक सापकोटाले ‘मिल मि’ ले स्वदेशी तथा विदेशी नागकिरलाई विहान ७ बजेको ब्रेकफाष्टदेखि राती १० बजेसम्म सेवाग्राहीलाई सेवा दिने उदेश्य रहेको बताउनुभयो ।

उहाँले पर्यटनको विकासमा टेवा पुर्याउने लक्ष्यका साथ सुरु भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पारिवारिक शान्त वातावरणमा सफा, स्वस्थ्यकर, नेपाली, थकाली खाना, नेवारी, तथा एशियाका बिभिन्न देशका खाना तथा खाजाका साथै अन्य परिकार पस्कने गरी ‘मिल मि’ सञ्चालनमा ल्याएका छौ, यहाँ बच्चा, जेष्ठ नागरिक र विरामीका लागिसमेत खाजा खानाको व्यबस्था गरेका छौ, केही समय मै होम डेलिभरीको समेत व्यबस्था गर्दैछौं ।’

बेकरी उत्पादन आफ्नै रहेको ‘मिल मि’ मा सेमिनार हलको ३० जना र उपभोक्ता १२० जना क्षमता रहेको छ भने २५ जनालाई रोजगारकिो व्यबस्था गरिएको छ । पर्याप्त पार्किङ्गको व्यबस्था भएको यहाँको आकर्षक डिजाइन र स्वादिला परिकाले ग्राहकको मन लोभिने दाबी गरिएको छ । मिले मिबाट भएको आम्दानीको दुई प्रतिशत रकम भक्तपुर जिल्लाको सामाजिक सेवाका क्षेत्रमा खर्च गरिने घोषणा गरिएको छ ।

ग्राहकलाई एक महिनासम्म २० प्रतिशतसम्म छुट दिने व्यबस्था गरेको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले व्यवायको दृष्टिकोणले भक्तपुर काठमाडौं पछिको दोश्रो गन्तव्य बनेको चर्चा गर्नुभयो । कार्यक्रममा व्यवसायी बिज्ञान राईले व्यवसायको नौलो आयामहरु भक्तपुरमा थपिदै जानु उपलब्धीमूलक भएको बताउदै व्यवसायले बेरोजगार अन्त्यका लागि अप्रतक्ष्य रुपमा राज्यलाई सहयोग गरिरहेको बताउनुभयो । उहाँले यो रेष्टुरेष्टले ग्राहकको मन जित्ने विश्वास व्यक्त गर्नुभयो ।