जनता टाइम्स

२४ माघ २०७७, शनिबार २०:१२

बैतडीमा गोली हानेर बुवाले गरे २० वर्षीया छोरीको हत्या


काठमाडौं, माघ २४

बैतडीमा गोली हानेर बुवाले छोरीको हत्या गरेका छन्। पुर्चौंडी नगरपालिका–१० का ६५ वर्षीय धनबहादुर महराले आफ्नी २० वर्षीया छोरी बेलमती महरा धामीलाई भरुवा बन्दुकले गोली हानी हत्या गरी फरार भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनक धामीले घटनाबारे खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलतर्फ गएको बताउनुभयो ।

उहाँले साँझ ५ बजेतिर घटना भएको र स्थानीयलाई उद्धृत गर्दै भन्नुभयो, ‘श्रीमान–श्रीमतीको झगडामा छोरीले छुट्याउन खोज्दा विवाद भएपछि बुवाले गोली हानेको भन्ने खबर आएको छ ।’ विस्तृत जानकारी केही समयपछि आउने छ ।